ad ad

रोचक


डिजास्टर गर्ल मिमको मुख्य तस्बिर विक्री भयो ५ करोड ९५ लाख रुपैयाँमा!

डिजास्टर गर्ल मिमको मुख्य तस्बिर विक्री भयो ५ करोड ९५ लाख रुपैयाँमा!

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ११:५५,

यो मिमको मुख्य तस्बिर यतिबेला ५ लाख अमेरिकी डलर ‘५ करोड ९५ लाख ५९ हजार ३ सय रुपैयाँ’मा विक्री भएको छ।

उक्त विश्व चर्चित तस्बिरमा एउटी सानी बालिका घरमा आगो लागिरहँदा मुस्कुराएको देखिन्छ।

तस्बिरमा देखिएकी बालिका जो रुथ हुन्। हाल २१ वर्षकी उनी सन् २००५ मा आफ्नो परिवारसँग नर्थ क्यारोलिनाको मिबेनमा बस्थिन्।

आफ्नो छिमेकीको घरमा आगो लागेपछि जो रुथ पिता डेभसँग त्यहाँ आगलागी नियन्त्रण कसरी भइरहेको छ भनेर हेर्न गएका थिए।

The Disaster Girl meme

पिता डेभ फोटोग्राफर थिए। उनले छोरीको फोटो आगजनी भएको अगाडि खिच्न खोजेका थिए।

तर जब उनले फोटो खिचे फोटोमा विरोधाभास झल्कियो। अन्ततः सोही विरोधाभास झल्काउने फोटो विश्व चर्चित मिम बन्यो।

वास्तवमा आगो लागिरहँदा सानी छोरी भने मुक्सुराएकी थिइन्।

सन् २००८ मा फोटोग्राफीको एउटा पुरस्कार पाएपछि डेभले उक्त फोटो सार्वजनिक गरेका थिए। छोरीको फोटो सार्वजनिक गरेपछि त्यो फोटो विश्वभर चर्चित बन्यो।

उनको यस फोटो संसारभर प्रचलिच मिम बन्यो। जसलाई डिजास्टर गर्ल भनेर चिनिन्छ। हाल सोही मिमको मुख्य तस्बिर मोटो रकममा विक्री भएको हो। बीबीसी

Disaster Girl Meme Explains What Was Really Happening - UNILAD

Notre Dame Fire | Disaster Girl | Know Your Meme

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .