ad ad

रोचक


अमेरिकाको एउटा यस्तो गाउँ, जहाँ हरेक घरबाहिर खडा हुन्छ हवाईजहाज (भिडिओ)

अमेरिकाको एउटा यस्तो गाउँ, जहाँ हरेक घरबाहिर खडा हुन्छ हवाईजहाज  (भिडिओ)

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १४:२०,

घरमा मोटरसाइकल वा कार हुनु त सामान्य कुरा भइसक्यो। तर तपाईंले कुनै यस्तो बस्ती वा गाउँको बारे सुन्नुभएको छ, जहाँका हरेक घरमा हवाईजहाज हुन्छन्।

यदि तपाईंलाई यो कुरा ठट्टाजस्तो लागिरहेको छ भने तपाईं अमेरिकाको रेसिडेन्सल एयरपार्क इलाकाबारे अनभिज्ञ हुनुहुन्छ।

वास्तवमा एक टिकटक प्रयोगकर्ताले जब यसबारेको भिडिओ सेयर गरे, तब यो कुरा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो।

भिडिओमा उक्त क्षेत्रका हरेक घरबारिह एउटा हवाईजहाज खडा देखिन्छ।

महत्त्वपूर्ण कुरा– दोस्रो विश्वयुद्धमा अमेरिकाले निर्णाय भूमिका खेलेको थियो। अमेरिकामा सन् १९३९ सम्म पाइलटको संख्या ३४ हजार थियो। तर १९४६ मा आइपुग्दा यो संख्या बढेर ४ लाख नाघ्यो।

जब युद्ध सकियो तब हवाई मैदान र पाइलट खाली भए। यसको समाधानका लागि अमेरिकाको ‘द सिभिल एरोनटिक्स एडमिनिटे«सन’ले एयरपार्क बनाउने प्रस्ताव राख्यो। जसअनुसार बन्द भएका सैन्य हवाई अड्डामा अवकाशप्राप्त सैनिक पाइलटलाई राख्ने निर्णय भयो।

त्यस्तो बस्तीलाई ‘फ्लाई इन कम्युनिटिज’ भनिन्छ, जहाँ हरेक घरमा कारजस्तै एउटा हवाईजहाज हुन्छन्। यस बस्तीका सडक यति फराकिला छन् कि जहाँ हवाईजहाजहरू कारजसरी नठोक्किईकन ओहोरदोहोर हुन सक्छन्।

भनिन्छ कि विश्वमा ६३० भन्दा बढी आवासीय एयरपार्क छन्, जसमा ६१० वटाभन्दा बढी अमेरिकामै छन्।

सामाजिक सञ्जालमा भाइरल भएको अमेरिकाको त्यो हवाईजहाजवाला गाउँ:

एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .