पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको परिवार तीनछक्क परेका थिए।
गत महिनाको मार्च ३१ मा विवाह समारोह जारी रहँदा बेहुलाका आमाले बेहुलीको हातमा जन्मजात चिनो (बर्थमार्क) देखिन्।
त्यो चिनो ती महिलालाई पहिल्यै देखिसकेको जस्तो लागेको थियो।
खासमा ती बेहुली ती महिलाकै छोरी थिइन्। जो २० वर्ष अगाडि हराएकी थिइन्।
मनमनै आफ्नो छोरी भएको लागेपछि उनले बेहुलीको परिवारलाई सोधिन कि उनलाई धर्मपुत्रीको रुपमा पालिएको हो?
महिलाको परिवारले उनलाई धर्मपुत्रीको रुपमा पालेको विषय गोप्य राखेका थिए। तर बेहुलाको परिवारले सोधिसकेपछि उनीहरुले हो भनेर जवाफ दिए।
जब बेहुलीको परिवारबाट हो भन्ने जवाफ आयो बेहुलाका आमा भक्कानो छाडेर रुन थालिन्। त्यसपछि भनिन्,‘उनी मेरो छोरी हो, मैले २० वर्षदेखि उनलाई खोजिरहेको थिए।’
त्यसपछि बुहारी बन्न लागेकी छोरी पनि रोएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
त्यसपछि के त?
आफ्नै छोरीलाई बुहारीको रुपम भित्र्याउन मिल्दैन।
तर संयोग के भने बेहुलाको परिवारले बेहुला पुरुषलाई पनि धर्मपुत्रको रुपमा पालेका रहेछन्।
ओरियन्टल डेलीका अनुसार जैविक रुपमा एकै परिवारको नभएकाले उनीहरुले विवाह गरे।
चिनियाँ सामाजिक संजालमा अब बेहुला पट्टिका परिवारले बुहारीलाई छोरी भनेपनि हुने र बेहुलालाई छोरा अथवा ज्वाई भनेर बोलाउँदा पनि फरक नपर्ने बताइरहेका छन्।
प्रतिक्रिया