मंगलबार सिड्नीको ग्रेस होटेल अगाडि क्लारेन्स स्ट्रिट र किङ स्ट्रिटको छेउमा चक्कु आतंक मच्चिएको हो।
यस घटनाको भिडियो सार्वजनिक भएको छ। जहाँ एक युवा ‘अल्लाह हु अकबर’ भन्दै चक्कु बोकेर कारमाथि चढ्छन्।
मानिसरु उनलाई देखेर आतंकित हुन्छन्। भाग्न थाल्छन्। केहीबेरमै एक मानिस उनलाई चुनौती दिन त्यहाँ पुग्छन्।
उनी चक्कु बोकेका युवासँग जुध्न कुर्सी लिएर त्यहाँ पुगेका हुन्छन्। तर दुईबीच झडप भने हुँदैन।
त्यसपछि ती युवा कारबाट झर्छन्। उनी कारबाछ झर्दा लडेको देखिन्छ। कार त्यो स्थानबाट पर जान्छ।
चक्कुधारी युवा मलाई गोली हान भन्दै चिच्याएको देखिन्छ। केहीबेरमा उनलाई प्रहरीले गिरफ्तार गरेर लैजान्छ।
यस घटनाको उदेश्य के थियो भन्नेबारे प्रहरीे अभियुक्तसँग अनुसन्धान गरिरहेको छ। एजेन्सी
(भिडियो)
3
Shares
प्रतिक्रिया