रोचक

Tata MotorsTata Motors

प्रेमीकासँग भेट्न विमानको नक्कली हाइज्याक, पायो आजीवन जेल सजाय

जेट एयरवेज


नेपालखबर
दिल्ली, जेठ ३०

प्रेमीकासँग भेट्न विमान हाइज्याकको नाटक गर्ने एक भारतीय व्यापारीलाई आजीवन जेल सजाय सुनाइएको छ। उनलाई ५ करोड भारतीय रुपैयाँसमेत जरिवाना गरिएको छ।

व्यापारी बिर्जु सल्लाले सन् २०१७ मा दिल्लीदेखि मुम्बई उड्ने जेट एयरवेजको विमानमा विमान हाइज्याक भएको पत्र लेखेर छाडेका थिए।

विमान अपहरण भएको भनेर लेखिएको नक्कली पत्र विमानको शौचालयमा राखिएको थियो।

पत्रमा बिमानलाई १२ जना अपहरणकारीले नियन्त्रणमा लिएको साथै विमानभित्र बिस्फोटकहरु भएको बताइएको थियो। साथै विमानलाई पाकिस्तानको नियन्त्रणमा रहेको कास्मिरमा रोक्न भनिएको थियो।

बिर्जुले आफ्नो कार्यालयबाट निस्कन अगाडि आफूले नक्कली पत्र विमानमा छाड्न लागेको त्यहाँ कार्यरत कर्मचारीलाई सुनाएका थिए। यसैको आधारमा उनी पक्राउ परेका थिए।

जब विमानभित्र त्यहाँका कर्मचारीले चेतावनीपूर्ण भाषाको पत्र देखे। उनीहरुले अहेमदावादमा विमान आपतकालिन अवतरण गराएका थिए। विमानको अवतरणसँगै बिर्जु पक्राउ परेका थिए।

हालै बिर्जुलाई आजीवन जेल सजायको फैसला सुनाइएको हो। भारतीय संचार माध्यमका अनुसार त्यसबेला बिर्जुका प्रेमीका जेट एयरवेजकै एयर होस्टेस थिइन्।

बिर्जु जुन विमानमा चढेका थिए सोही विमानमा ती महिलाले काम गर्थिन्। बिर्जुका अनुसार उनले आफ्नी प्रेमीकासँग सँगै बस्न पाउने उदेश्यले विमानमा नक्कली पत्र राखिदिएका थिए।

बिर्जुसँग प्रेमीका सँगै बन्स मानिरहेकी थिइनन्। बिर्जुका अनुसार यस घटनापछि प्रेमीकाले विमानको जागिर गुमाउने छिन्। त्यसपछि उनी आफूसँथ बस्न राजी हुनेछिन्।

अनुसन्धानमा बिर्जुले साँच्चै विमान अपहरण गर्ने योजना नबनाएको बताइएको छ। यद्यपी भारतको कानुन अनुसार विमान अपहरण गर्नेलाई कडा सजायको व्यवस्था छ।

घटना सामान्य छ भने उसले अजीवन लेज सजाय पाउँछ। गम्भीर भए मृत्युदण्ड पाउँछ। बिर्जुबाट ५ करोड रुपैयाँ जरिवाना लिइएको छ। सन् २०१७ का बेला उक्त विमानमा सवार सबैलाई क्षतिपूर्ती स्वरुप पैसा बाँडिने बताइएको छ। एजेन्सी

जेठ ३०, २०७६, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors