ad ad

रोचक


आफ्ना छोराछोरीको किन छिटो विवाह गराउन चाहन्छन् चिनियाँ अभिभावक?

आफ्ना छोराछोरीको किन छिटो विवाह गराउन चाहन्छन् चिनियाँ अभिभावक?

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ११:२,

धेरै चिनियाँ अभिभावक आफ्ना हुर्केबढेका छोराछोरीले जतिसक्दो चाँडो विवाह गरुन् भन्ने चाहन्छन्। उनीहरुको पहिलो प्राथमिकतामा घरयासी विषय पर्ने गरेको एक अध्ययनले देखाएको छ।

इन्टरनेटमार्फत वैवाहिक सेवा प्रदान गर्ने एक चिनियाँ कम्पनी बाईहेजियायुआनले सार्वजनिक गरेको एक प्रतिवेदनमा झण्डै ८० प्रतिशत चिनियाँ युवायुवतीले बाबुआमाको दबाब झेल्नु परेको उल्लेख छ। तर उनीहरु आफ्ना बाबुआमाले विवाहका लागि दबाब नदिए हुन्थ्यो भन्ने चाहन्छन्।

विवाहसँग सम्बन्धित चीनको सर्वाधिक ठूलो यो वेवसाइटमा जोडिने युवायुवतीको संख्या झण्डै तीन करोड १० लाख रहेको छ।

अन्तर्वार्ता लिइएका आधाभन्दा बढीले आफ्नो विवाहका बारेमा आफैँले निर्णय गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्ने गरेको बताएका छन्। वेवसाइटमा दर्ता रहेका तीमध्ये करिब ३० प्रतिशत युवायुवतीले आफूहरुमाथि बाबुआमाले ज्यादै ठूलो दबाब दिने गरेको बताएका छन्।

चीनमा विवाहको दर पछिल्ला केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ। सन् २०१३ मा प्रति हजारमा विवाह दर ९.९ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ७.२ प्रतिशतमा आइपुगेको राष्ट्रिय तथ्यांक ब्यूरोले जनाएको छ।

अन्तर्वार्ता लिइएका करिब ७७ प्रतिशत पुरुष र ६३ प्रतिशत महिलाले विवाहका लागि अभिभावकले आफूखुशी विवाहको मिति तोक्ने गरेको बताएका छन्।

करिब ४० प्रतिशत चिनियाँ एकल व्यक्तिहरुले आफ्नो वैवाहिक विषयमा हस्तक्षेप गर्न बन्द गर्न चाहेको बताएका छन्। प्रतिवेदनमा उनीहरुले बाबुआमाको करकापमा नपरी स्वतन्त्र रुपमा आफूखुशी विवाह गर्न चाहेको उल्लेख छ।

‘विवाह जीवनको एक आवश्यक हिस्सा अब रहेन’, साउथवेस्ट जियाटोङ युनिभर्सिटीका मनोसामाजिक अध्येता प्राध्यापक गाओ फेईले बताए। ‘विवाह गर्ने वा नगर्ने यो निजी रुचिको कुरा हो, र हरेक व्यक्तिले आफूलाई खुशी तुल्याउने किसिमको निजी जीवनशैली अनुशरण गर्न सक्छन्; उनले भने, उनले बाबुआमाले राम्रै मनशाय राखेर विवाहका लागि दबाब दिइरहेको कुरा चिनियाँ युवायुवतीले बुझ्नु पर्ने बताए।

‘धेरैको जोड के छ भने बाबुआमाको दबाबभन्दा पनि टिकाउ विवाह आवश्यक छ,’ कम्पनीका महाप्रबन्धक ऊ लिङगुआङले भने।

‘मेरा बाबुआमाले विवाह गर्न भनिरहनु हुन्छ किनभने आफ्नो हेरचाहका लागि कोही तयार होओस् र उनीहरुको मृत्यु पश्चात् म एक्लै नहोस् भन्ने चाहन्छन्,’ प्रतिवेदनमा समेटिएका एक व्यक्तिको भनाई छ। ‘मेरा बाबुआमाले आफ्ना नातिनातिनासँग खेल्न पाइन्छ भन्ने लोभ पनि राखेको देखिन्छ।’

‘म मैले रुचाएको व्यक्तिसँगै विवाह गर्नेछु,’ चेङ्दुका एक २० वर्षीय युवा फू सुआनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .