स्टार फुटबलर लियोनल मेस्सीले अर्जेन्टिनाको कप्तानी सम्हाल्नेछन्।
अर्जेन्टिनाको टोलीमा पुराना अनुहार लियोनल मेस्सी, सर्जियो अग्वेरो तथा ड्याबेला बाहेक धेरै नयाँ खेलाडीलाई प्रशिक्षक टिटेले मौका दिएका छन्।
यत्तिकैमा एक यस्तो भिडियो सार्वजनिक भएको छ। जहाँ मेस्सीसँग अर्जेन्टिनी राष्ट्रिय टोलीकै खेलाडीले फोटो खिच्न तछडमछाड गरेका छन्।
(भिडियो)
भिडियोमा मेस्सी आफ्ना नयाँ खेलाडी साथीसँग नम्र भएर फोटो खिचाएको देखिन्छ।
हालै अर्जेन्टिनाले निकारगुआसँग मैत्रीपूर्ण खेल खेलेको थियो। त्यस खेलमा अर्जेन्टिनासँग कमजोर निकारगुआ ५–१ ले पराजित भएको थियो।
खेलपछि निकारगुआका खेलाडीसमेत मेस्सीसँग फोटो खिचाएका थिए। एजेन्सी
प्रतिक्रिया