ad ad

रोचक


किराबाट बन्छ मिठो र स्वस्थ आइसक्रिम!

किराबाट बन्छ मिठो र स्वस्थ आइसक्रिम!

नेपालखबर
साउन १९, २०७६ आइतबार १०:४७,

तर किराबाट पनि आइसक्रिम बन्छ भन्दा अचम्म लाग्नसक्छ। यद्यपी यो सत्य हो। किराबाट मिठो आइसक्रिम बन्छ।

दक्षिण अफ्रिकाको गर्मीमा तपाइँ हुनुहुन्छ भने आइसक्रिम गर्मीको राम्रो विकल्प हुनसक्छ। त्यहाँ तपाइँले किराबाट बनेको स्वस्थ, तागतिलो र मिठो आइसक्रिम किनेर खान सक्नुहुन्छ।

ब्ल्याक सोल्जर फ्लाई नाको किराको लार्वाबाट आइसक्रिम बनाइने बताइएको छ। यद्यपी यो व्यावसायिक भने भइसकेको छैन।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०५० सम्ममा मानिसको जीवनयापनका लागि हालकोभन्दा दोब्बर तबरले खानाको उत्पादन हुनुपर्छ नभए त्यसले भोकरी सृजना हुनसक्छ।

Related image

लार्वा

यस्तो अवस्थामा किराको कृषी राम्रो विकल्प हुने जनाइएको छ। विश्वमा मानिसहरुले १९०० प्रजातिका किरा खान मिल्ने खालका छन्।

आइसक्रिम बनाउन प्रयोग हुने यस ब्ल्याक सोल्जर फ्लाई मानिसले खान मिल्ने किरा हो।

यसमा दुधमा पाइनेभन्दा बढी प्रोटिन भएको जनाइएको छ। विस्तारै किरा खाने संस्कार विकास हुँदै गएको विश्लेषकहरु बताउँछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .