ad ad

रोचक


सवारी जरिवानामा परेका कर्मचारीले प्रतिशोध साध्न काटे प्रहरी कार्यालयको बिजुली

सवारी जरिवानामा परेका कर्मचारीले प्रतिशोध साध्न काटे प्रहरी कार्यालयको बिजुली

नेपालखबर
साउन १६, २०७६ बिहिबार ११:४,

भारतीय राज्य उत्तर प्रदेशमा एक रोचक घटना भएको छ।

फिरोजाबादका एक विद्युत प्राधिकरणका कर्मचारी हेलमेट नलाएका कारण जरिवानामा परेका थिए। उनलाई बाइक चलाउँदा हेलमेट नलाएका कारण ५ सय जरिवाना गरिएको थियो।

त्यसकै बदला स्वरुप उनले ट्राफिक प्रहरी कार्यालयको विजुली नै काटिदिएका हुन्।

श्रीनिभास नाम गरेका विद्युत प्राधिकरणका कर्मचारीलाई ट्राफिक कार्यालयका सब–इन्स्पेक्टर रमेशचन्द्रले हेलमेट नलगाएकाले रोकेका थिए।

श्रीनिभासले अनेक विन्ति गर्दासमेत प्रहरीले उनको कुरा सुनेनन्। ५ सय रुपैया जरिवान गरे। त्यसकै रिसमा श्रीनिभासले ट्राफिक प्रहरी कार्यालयको विद्युत काटिदिएका हुन्।

प्रहरीले नियम तोडेकाले जरिवाना गरेको बताएका थिए। त्यसपछि श्रीनिभास सरासर कार्यालय गए। त्यहाँ उनले ट्राफिक प्रहरी कार्यालयको हिसाब हेरे।

कार्यालयले धेरै महिनाको पैसा तिर्न बाँकी रहेछ। त्यसपछि श्रीनिभासले ट्राफिक प्रहरी कार्यालयको विजुली काटिदिए।

प्रहरी अधिकारीहरुले किन विजुली काटेको भनेर सोध्दा श्रीनिभासले समेत प्रहरी कार्यालयले तिर्नुपर्ने बिल समयमा नतिरेर नियम तोडेकाले आफूहरु विजुली काट्न बाध्य भएको बताए। इन्डिया टाइम्स

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .