ad ad

रोचक


छैठौं तलाको बालकनीमा झुन्डीएका नाबालक खसे, यसरी बचाइयो (भिडियाे)

छैठौं तलाको बालकनीमा झुन्डीएका नाबालक खसे, यसरी बचाइयो (भिडियाे)

नेपालखबर
साउन १५, २०७६ बुधबार १३:१३,

एउटा ठूलो अपार्टमेन्टको छैठौं तलाबाट एक ३ वर्षका नाबालक खसेका छन्।

चीनको दक्षिण–पश्चिमी शहर छोङकिङमा सोमबार एक विशाल अपार्टमेन्टको छैठौं तलाको बालकनीबाट नाबालक खसेका हुन्।

तर भवन तल जम्मा भएका मानिसले ब्लांकेटको सहारामा ती नाबालकको ज्यान जोगाउन सफल हुन्छन्।

यस घटनाको भिडियो सार्वजनिक भएको छ। जहाँ ती नाबालक सुरुवातमा बालकनीमा झुन्डिएको देखिएको छ।

त्यसपछि उनी तल खस्छन्। भाग्यवश मानिसहरुले ब्लांकेट तल फिजाएर राखेका हुन्छन्। जसले नाबालक तल बजारिन पाउँदैनन्। उनको ज्यान जोगिन्छ।

ती नाबालकलाई कुनै चोट नलागेको बीबीसीले जनाएको छ। यस घटना अहिले निकै भाइरल बनेको छ। सामाजिक संजाल प्रयोगकर्ताले सबै अभिभावकले यस घटनाबाट पाठ सिक्नुपर्ने प्रतिक्रिया जनाएका छन्।

आफ्ना नाबालक छोराछोरीको राम्रो हेरविचार गरिनुपर्ने सुझावहरु दिएका छन्।

(भिडियाे)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .