ad ad

रोचक


मान्छेले फ्याँकेको नवजात शिशु कुकुरले बचायो (भिडियाे)

मान्छेले फ्याँकेको नवजात शिशु कुकुरले बचायो (भिडियाे)

नेपालखबर
साउन १४, २०७६ मंगलबार ११:५५,

जस्तै, कुकुर मात्र पृथ्वीमा यस्तो जीव हो जसले उ आफैंभन्दा बढी तिमीलाई प्रेम गर्दछ, कुकुर सबैभन्दा वफादार प्राणी हो र कुकुर विश्वासिलो प्राणी हो।

सायद कुकुरमा भएको गुणलाई नै देखेर मानिस एक बुद्धिमान प्राणीले यी भनाइहरु बनाएका हुन्। तर कहिले काँही त्यही बुद्धिमान मानिसभन्दा पनि बुद्धिमान कुकुर सावित हुँदा रहेछन्।

भारतमा यतिबेला एक भिडियो भाइरल बनेको छ। जसलाई देखेर हामी कुकुरको बुद्धिमता र कार्यबारे चकित बन्दछौं।

सार्वजनिक भएको भिडियोमा एक महिलाले एक नवजात शिशु प्लास्टिकमा पोका पारेर फ्याँकेको देखिन्छ।

केहीबेरमा बच्चा कराएको आवाज सुनेपछि कुकुहरु त्यहाँ पुग्छन् र फ्याँकेको प्लास्टिकलाई सुरक्षित साथ त्यहाँबाट निकाल्न सफल हुन्छन्।

कुकुरले भुकेर हिँडिरहेको मानिसलाई त्यसबारे संकेत गर्दछ। भाग्यवश एक व्यक्तिले प्रहरीलाई खबर गरेपछि भने शिशु बाँच्न सफल हुन्छ।

उक्त शिशु शिरमा चोट लागेको अवस्थामा भेटिएको प्रहरीले बताएका छन्। उक्त घटना हरियाणाको गत जुलाई २० तारिखको भएको बताइएको छ।

टाइम्स अफ इन्डियाका अनुसार शिशुको अवस्था समान्य बन्दै गएको छ। काइथल सिभिल अस्पतालमा शिशुको उपचार भइरहेको छ।

समय नपुगी बच्चा जन्मिएको हुनसक्ने त्यहाँका डाक्टरहरुले बताएका छन्।

(भिडियाे)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .