ad ad

रोचक


भिडियो गेम खेल्दा रिसाउने आमा गेमबाटै दश लाख पाउन्ड जितेपछि मख्ख

भिडियो गेम खेल्दा रिसाउने आमा गेमबाटै दश लाख पाउन्ड जितेपछि मख्ख

नेपालखबर
साउन १३, २०७६ सोमबार ९:४९,

लाखौं आमाहरु जस्तै लिजा डलम्यान पनि आफ्नो छोरा भिडियो गेम खेल्दा रिसाउँथिन्।

१५ वर्षीय छोरा जेडन होमवर्क गर्न छाडेर भिडियो गेममै व्यस्त भएपछि उनी चिन्तित थिइन्।

उनले एक पटक जेडनको भिडियो गेम फ्याँकिदिएकी थिइन्। तर पनि जेडनले गेम खेल्न छाडेनन्।

भिडियो गेम अत्यधिक खेल्नाले आँखामा समस्या आउने, पढाइमा ध्यान नजाने खालका समस्या उत्पन्न हुन्छन्। सायद त्यही भएर लिजा जेडनले भिडियो गेम खेल्दा निकै रिसाउँथिन्।

Image result for fortnite game

तर यतिबेला भने जेडनकी आमा लिजा मख्ख छिन्। जेडनले भिडियो गेम खेलेरै दश लाख पाउन्ड पुरस्कार पाएका छन्।

जेडनले उक्त पैसाले आमाको लागि नयाँ घर र नयाँ कार किन्ने भएका छन्।

हालै फोर्टनाइट भिडियो गेमको विश्वकप प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा जेडनले दश लाख पाउन्ड जितेका हुन्।

यस गेम लोकप्रिय अनलाई भिडियो गेम हो। यस गेम २ वर्ष अगाडिमात्र लन्च भएको हो। यसले यतिबेला युरोप र अमेरिकामा लोकप्रियता कमाएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .