ad ad

रोचक


सुतेर उठ्दा हरियो सर्प आफ्नो हातमा बेरिएको देखेपछि!

सुतेर उठ्दा हरियो सर्प आफ्नो हातमा बेरिएको देखेपछि!

नेपालखबर
साउन १३, २०७६ सोमबार ८:२७,

गत शुक्रबार विहान उनी उठिन्। आफ्नो हातमा केही चलमलाएको महशुस भएपछि उनी ब्युँझिएकी थिइन्।

उनी उपचार गराउन मेम्फिस पुगेकी थिइन्। सुरुवातमा उनलाई आफ्ना श्रीमानले उठाएको अनुभूति भयो।

तर पछि उनले सम्झिन्। श्रीमान मेम्फिस आएका थिएनन्। हतपत आँखा उघारिन्।

त्यसबेला उनी तीनछक्क परिन्। उनका अनुसार त्यो क्षण सपनाजस्तै थियो। एउटा पातलो हरिया सर्प उनको हातमा बेरिएको रहेछ।

‘म माकुरा र अन्य किरासँग डराउँदिन् तर सर्पदेखि एकदमै डरलाग्छ।’ उनले भनिन्।

त्यसबेला उनी डराएर उफ्रिएकी थिइन्। उठ्दा उठ्दै सर्पलाई हातबाट फ्याँकेको उनले बताइन्। त्यसपछि उनी टेबलमाथि चढिन्।

सर्प भित्तामा ठोक्किएर फेरि ओछ्यानमै झरेको थियो। त्यसबेला मेलिन्डाले फोटो खिच्न भ्याइन्। उक्त फोटो सार्वजनिक भएको छ।

त्यसपछि सर्प चल्न थाल्यो। उनले सहयोगकका लागि चिच्याइन्। केहीबेरमै होटलका संचालक र सहयोगीले सर्प हटाएको जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .