अमेरिकी राज्य फ्लोरिडामा घर भएकी एक महिला मध्यरातमा उठिन्।
अनौठो आवाज घर अगाडि सुनेकाले उनी निद्राबाट ब्युँझिएकी थिइन्।
उनले सबै बत्ती बालिन्। घर अगाडिको आँगनको बत्ती पनि बालिन्। जब उनी आफ्नो स्वीमिङ छेउमा पुगिन्। उनी जीवनमै पहिलोपटक सबैभन्दा बढी चकित बनिन्।
केरी किबी भन्छिन्,‘जब म त्यहाँ पुगे। ७ फिट लामो गोहीले मलाई हेरिरहेको थियो। म निकै डराए।’
गतहप्ता फ्लोरिडामा यस घटना भएको प्रहरीले बताएका छन्। प्रहरीलाई बिकीले राति नै फोन गरेकी थिइन्।
प्रहरीले त्यसलाई नियन्त्रणमा लिएर स्वीमिङ पुलबाट हटाएको थियो। प्रहरीका अनुसार गोहीेले स्वीमिङ पुललाई नै घर बनाएको जस्तो देखिन्थ्यो। त्यो मज्जाले पौडिरहेको थियो। एजेन्सी
3
Shares
प्रतिक्रिया