ad ad

रोचक


एयरबसको नयाँ विमान चराजस्तै! (भिडियाे)

एयरबसको नयाँ विमान चराजस्तै! (भिडियाे)

नेपालखबर
साउन ९, २०७६ बिहिबार ८:३९,

युरोपेली विमान निर्माता कम्पनी एयरबसले नयाँ आकर्षक विमान निर्माण गरेको छ। एयरबसले चराजस्तै विमान बनाएको हो।

उक्त विमानका पाटपुर्जाहरु केही चिलका जस्ता, केजी बाजका जस्ता केही अन्य चराकाजस्ता देखिन्छन्।

यस विमान हाललाई ‘बर्ड अफ प्रे’ भनेर चिनाइएको छ। यस अवधारणा लियाम फक्सको भएको जनाइएको छ।

यस विमानको पखेटा चराको जस्तै छ। पंखाहरु प्वाँखजस्ता देखिन्छन्। यस विमानको क्षमता ८० जना यात्रुको रहेको छ।

साथै यस विमानले हाल संचालनमा रहेका विमानभन्दा ३० देखि ५० प्रतिशत कम इन्धनको खपत गर्ने बताइएको छ।

यस विमानको कल्पनाकार लियाम फक्सले ट्वीटमा यस विमानबारे भिडियोसमेत पोस्ट गरेका छन्। एजेन्सी

(भिडियाे)

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .