ad ad

रोचक


विमान उड्न लाग्दा पखेटामा मान्छे देखिएपछि भयो हंगामा (भिडियाे)

विमान उड्न लाग्दा पखेटामा मान्छे देखिएपछि भयो हंगामा (भिडियाे)

नेपालखबर
साउन ४, २०७६ शनिबार ११:५९,

नाइजेरियामा विमान उड्न लाग्दा एक व्यक्ति विमानको पखेटामा देखिएपछि विमानको उडान अवरुद्ध भएको छ।

शुक्रबार लागोस शहरमा उक्त घटना भएको हो। मुर्टाला मोहम्मद इन्टरनेसनल एयरपोर्टबाट अज्मन एयरको विमान उड्न लागेको थियो।

अधिकारीहरुका अनुसार विमान उड्न लाग्दा एक व्यक्ति धावन मार्गमा कुदेर आएका थिए। उनी छेउबाट विमानमा चढेर पखेटासम्म पुगेको अज्मन एयरका पाइलटले बताए।

पखेटाबाट उनले पाइलट क्याबिनमा पस्ने प्रयत्न गरेको तर नसकेको प्रहरीको भनाइ छ।

ती व्यक्ति पखेटामा चढेको भिडियो समेत सार्वजनिक भएको छ। जुन यतिबेला निकै भाइरल बनेको छ। हाल उनी प्रहरीको नियन्त्रणमा छन्।

जब ती व्यक्ति विमानको पखेटामा देखिएका थिए। यात्रुहरु त्रसित भएका थिए। केहीबेर विमानस्थलमा कोलाहल समेत मच्चिएको जनाइएको छ। एजेन्सी

 (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .