ad ad

रोचक


बच्चा जन्माएको ३० मिनेटमै स्नातक तहकाे परीक्षा दिइन् यी युवतीले...

बच्चा जन्माएको ३० मिनेटमै स्नातक तहकाे परीक्षा दिइन् यी युवतीले...

नेपालखबर
साउन ४, २०७६ शनिबार ६:२६,

गिनीको मामोउ शहरमा गत मंगलबार फातोउमाता कोरोउमाले बच्चा जन्माएकी हुन्। जुन दिन उनले छोरा जन्म दिइन् त्यही दिन उनको परीक्षा थियो।

‘सोमबार बिहानदेखि नै पेट दुख्न थालेको थियो।’ उनले भनिन्,‘तर मैले भोलिपल्ट हुने परीक्षाको तयारी साहसका साथ गरे। आफ्ना श्रीमानलाई समेत परीक्षाको बारेमा भनिन्।’

‘मलाई स्नातक तह पास गर्नु छ। बच्चा जन्म दिनु अगाडि र पछाडि मलाई परीक्षाको चिन्ता थियो।’ उनी भन्छिन्,‘बच्चा जन्म दिएपछि मैले परीक्षा दिने नै निधो गरे। तर मलाई परिवारले आराम गर भन्लान् भन्ने चिन्ता थियो। किनभने म शारीरिक पीडामै थिए।’

यद्यपी बच्चा जन्म दिनासाथ परिवारको जिम्मामा लगाएर आफू जबर्जस्ती परीक्षास्थल पुगेको उनले एएफपीलाई बताइन्।

परीक्षास्थल पुग्दा ढिला भइसकेको थियो। यद्यपी निर्णायक परीक्षा भएकाले उनले परीक्षास्थल पस्ने अनुमति पाइन्।

फातोउमाताका श्रीमान प्रहरी हुन्। उनले यस घटनाबारे थाहा पाएपछि भने,‘उनी साह्रै जिद्दी छिन्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .