भारतका एक व्यक्तिले चालिस वर्षसम्म आफ्नो कपाल धुएका छैनन्। कपाल ६ फुट लामो भएको छ।
उनको त्यस कपाल ड्रेडलक बनाइएका छन्। तर उनी आफूले कपाललाई ड्रेललक आफैंले नबनाएको बताउँछन्।
चालिसवर्ष अगाडि आफू सुतेर उठ्दा कपाल आफै जट्टा परेको उनको भनाइ छ।
त्यसैले ६३ वर्षीय सकल देव टुटु भन्छन्,‘यो कपाल मेरा लागि भगवानले दिएको वरदान हो।’
बिहार राज्यका उनलाई छिमेकीले ‘महात्मा जी’ भनेर चिन्दछन्। उनी साधु होइनन्। उनी बच्चा नहुने जोडीहरुका लागि घरेलु औषधी बनाउँछन्। एजेन्सी
प्रतिक्रिया