भारतमा एक ३० वर्षीय व्यक्तिको पेटबाट काटा, चक्कु, चम्चासहित ३३ वटा सामाग्री निकालिएको छ।
डेलीमेलका अनुसार योगेश ठाकुर नाम गरेका व्यक्ति यसै महिनाको जुलाई १४ तारिखमा अस्पताल भर्ना भएका थिए।
उनको पेटबाट फलाम, स्टीलजन्य पदार्थहरु निकालिएका हुन्। योगेशकी आमा कुस्मा ठाकुरका अनुसार उनका छोरा रमेशले आफ्ना अगाडि जे देख्यो त्यही खाइदिन्थे।
मध्ये प्रदेशस्थित एमपीएन खरे सर्जिकल एन्ड मेटर्निटी नर्सिङ होमका डाक्टरहरु योगेशको पेटमा चक्कु, काटा, चम्चा जस्ता समाग्री देखेपछि हैरान भएका थिए।
हाल अपरेसनपछि रमेशको स्वास्थ्यमा सुधार आउँदै गरेको जनाइएको छ। डाक्टरहरुका अनुसार रमेश आकुपागियाबाट ग्रस्त छन्। यस रोग लागेपछि मानिसलाई फलामजन्य पदार्थ खान मनपर्छ।
3
Shares
प्रतिक्रिया