ad ad

रोचक


बच्चाहरुले कार चोरे, ९ सय किलोमिटरको यात्रा गरे !

बच्चाहरुले कार चोरे, ९ सय किलोमिटरको यात्रा गरे !

नेपालखबर
असार ३०, २०७६ सोमबार १०:३८,

अस्ट्रेलियामा चार बच्चाहरुले एक कार चोरेर ९ सय किलोमिटरको यात्रा सकुशल गरेका छन्।

१० देखि १४ वर्ष उमेर समूहका तीन पुरुष र एक महिलाले कार चोरेको अस्ट्रेलियाको प्रहरीले जनाएका छन्।

उनीहरु न्यू साउथ वेल्समा आइतबार सकुशल फेला परेका हुन्। उनीहरुले माछा मार्ने रड र केही पैसासहित कार चोरेर फरार भएका थिए।

ती बच्चाहरु एकै परिवारको भने नभएको जनाइएको छ। आइतबार बिहान उक्त कार पेट्रोल स्टेसनमा रोकिएको एक प्रत्यक्षदर्शीले बताए।

सिड्नी डेली टेलिग्राफसँग कुरा गर्दै त्यस पेट्रोल स्टेसनको एक कर्मचारीले भने,‘कार सामान्य तवरबाट चलाइएको थियो। तर जब कारबाट मान्छे झर्छ। त्यो व्यक्ति निकै सानो हुन्छ। कारको झ्यालसम्म पनि उसको उचाइ हुँदैन।’

सीसीटिभी फुटेजको आधारमा प्रहरीले पेट्रोल स्टेसनबाट समेत बच्चाहरुले कारको लागि पेट्रोल चोरेको बताएका छन्।

पछि उक्त कार ग्राफ्टनमा भेटियो। प्रहरी कार नजिक आउँदा उनीहरु चुप लागेर कारभित्रै थुनिएर बसेका थिए।

अस्ट्रेलियामा कारको लाइसेन्स प्राप्त गर्न १७ वर्ष पुरा गरेको हुनुपर्छ। प्रहरीले बच्चाहरुले कार कसरी यति लामो यात्रा गरेर भनेर आफूहरु चकित भएको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .