ad ad

रोचक


भालु लखेट्ने साहसी कुकुर (भिडियो)

भालु लखेट्ने साहसी कुकुर (भिडियो)

नेपालखबर
असार २८, २०७६ शनिबार १२:२२,

कुकुरले कालो आफूभन्दा ठूलो भालु खेदाएको भिडियो सार्वजनिक भएसँगै, उक्त कुकुरको यतिबेला चर्चा सुरु भएको छ।

मानिसहरु उक्त कुकुरको वफादारिता र त्यसको साहसको बारेमा सामाजिक संजालमा विभिन्न कुराहरु लेखिरहेका छन्।

भिडियोमा घरको बारभित्र छिरेको भालुले बिगार गरिरहेको दृश्य देख्न सकिन्छ। यत्तिकैमा एउटा सानो कालो कुकुर कुदेर आउँछ र भालुलाई लखेट्न सफल हुन्छ।

उक्त कुकुर अलान ट्लस्टीको भएको बताइएको छ। कुकुरको नाम रिले भएको उल्लेख गरिएको छ।

खासमा अलान ट्लस्टीको कुकुरले छिमेकीको घरमा पसेको भालु खेदाएको हो। छिमेकी मार्क स्टिनजियानोको घर पछाडि भालु छिरेपछि अलानको कुकुर रिले भालु खेदाउन पुगेको थियो।

मार्कको घरको सिसिक्यामेरामा सबै कार्य कैद भएको थियो। अलानको कुकुरले भालु खेदाएपछि आफूलाई रिले खरिद गर्न मन भएको मार्कले बताएका छन्।

 (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .