ad ad

रोचक


चार घण्टाको ट्राफिक जाम छल्न एक धनाढ्यले हेलिकप्टर चार्टर गरे (भिडियो)

चार घण्टाको ट्राफिक जाम छल्न एक धनाढ्यले हेलिकप्टर चार्टर गरे (भिडियो)

नेपालखबर
असार १२, २०७६ बिहिबार ८:१६,

गत आइतबार नाइजेरियामा एक व्यक्तिले चार घण्टाको ट्राफिक जाम छल्न हेलिकप्टर चार्टर गरे।

जाममा परेका मानिसहरुले त्यसको भिडियो बनाए। भिडियो सामाजिक संजालमा निकै चर्चित बन्यो।

त्यसपछि ती व्यक्तिको तीव्र आलोचना भयो। जुलियन्स लक्जरी नामको इन्स्टाग्राम अकाउन्टबाट उक्त भिडियो सार्वजनिक गरिएको थियो।

क्याप्सनमा लेखिएको थियो,‘वास्तविक आलिसान जिन्दगी, पैसाको शक्ति, लागोस बेनिन एक्सप्रेसवेमा भिआइपीलाई हेलिकप्टरले सहायता गर्दै।’

मानिसहरुले यस भिडियो हेरेर विभिन्न टिप्पणी गर्न थाले। धेरैले धनाढ्यले पैसाको घमण्ड प्रस्तुत गरेको अभिव्यक्ति दिए।

यसपछि बुधबार नाइजेरियाको नागरिक उड्ययन प्राधिकरणले यस विषयमा छानविन गर्यो।

जामबाट बच्नका लागि ती व्यक्तिले हेलिकप्टर चार्टर गरेको भनिएको विषय सत्य नभएको प्राधिकरणले पत्ता लगायो।

प्राधिकरणका अनुसार ट्राफिक जाममा भएका व्यक्तिमा मुटुको समस्या देखिएपछि आपतकालिन सेवाका लागि प्रहरीलाई खबर गरिएको थियो।

उनलाई उद्धार गर्न हेलिकप्टर ट्राफिक जाम भएको स्थानमा पुगेको थियो।

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .