नयाँ शक्ति र संघीय समाजवादीबीच हङकङमा पनि एकता

नयाँ शक्ति र संघीय समाजवादीबीच हङकङमा पनि एकता

मगेन्द्र राई
जेठ ३२, २०७६ शनिबार १२:२८,

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी भएसँगै प्रवासमा पनि दुई संगठनको एकता सुरु भएको छ।

बुधबार हङकङमा तत्कालीन संघीय समाजवादी फोरमको निकट समावेशी नेपाली समाज र नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज हङकङको एकता भएको हो। एकतापछि संगठनको नाम दुई संगठन एक भएका छन्। एकतापछि संगठनको नाम अन्तर्राष्ट्रिय नेपाली समाज हङकङ राखिएको छ।

बुधबार साँझ जोर्डनस्थित बगैँचा रेस्टुरेन्टमा बसेको दुवै संगठनको एकता भेलाले ईन्द्र वनेमको नेतृत्वमा ३९ सदस्यीय कार्यसमितिको घोषणा गरेको छ।

समितिको उपाध्यक्षमा किसन राई, श्याम ईङ्नाम, सचिवमा मनोज गौतम सह–सचिवमा विश्व घिसिङ, कोषाध्यक्षमा भावेष घिसिङ र सह कोषाध्यक्षमा रोहन सिग्देल रहेका छन्।

ईन्द्र वनेम र किसन राई तत्कालीन संघीय समाजवादी फोरम निकट समावेशी नेपाली समाज हङकङकाका अध्यक्ष र सचिव थिए भने मनोज गौतम र श्याम ईङ्नाम नया शक्तिको भातृ सस्था अन्तर्राष्ट्रिय नेपाली समाज हङकङको संयोजक र सह संयोजक थिए। 

३९ सदस्यीय कार्यसमितिको मुख्य पदहरुमा फोरमबाट अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष तथा नया शक्तिबाट उपाध्यक्ष, सचिव, सह–सचिव र सह कोषाध्यक्ष रहेका छन्।

फोरम र नयाँशक्तिबीच गत वैशाख २३ गते एकता भइ समाजवादी पार्टी नेपाल निर्माण गरिएको छ।

एकतासँगै गणतन्त्र दिवस मनाइयो

समावेशी नेपाली समाज र अन्तर्राष्ट्रिय नेपाली समाज हङकङको एकतासँगै बनेको अन्तर्राष्ट्रिय नेपाली समाज हङकङले गटतनत्र दिवस मनाएको छ।

एकतालगत्तै एक कार्यक्रम गरी गणतन्त्र दिवस मनाएका हुन्। उक्त कार्यक्रममा नसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकट संगठनका प्रतिनिधिहरुलाई समेत निमन्त्रणा गरेर गणतन्त्र दिवस मनाइएको हो।

कार्यक्रममा उपाध्यक्ष किसन राईले गणतन्त्र विश्वकै उत्कृष्ट शासन प्रणाली भएको बताउँदै नेपाली जनताको चाहना र बलिदानले गणतन्त्र स्थापना भएको बताए। ‘बरु संविधान पुनर्लेखन गर्न सकिन्छ तर गणतन्त्रको अर्को विकल्प छैन’, उनले भने। उनले बिगत १२ वर्षदेखि यो दिवसमा सार्वजनिक बिदा दिने गरेमा सरकारले यो दिवसको बिदा कटौती गरेर गणतन्त्रकै उपहास गरेको आरोप लगाए। उनले गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिन माग समेत गरे। 

बुधबार नेपालमा पनि गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ। नेकपाका भातृसस्था प्रवाशी नेपाली एकता मञ्च हङकङले भने आइतबार एक कार्यक्रम गरी यो दिवस मनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .