हङकङको प्रतिष्ठित अवार्ड दुई नेपाली कम्पनीलाई

हङकङको प्रतिष्ठित अवार्ड दुई नेपाली कम्पनीलाई

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार १२:५५,

हङकङमा मिडिया जोन ग्रुपले हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठित अवार्ड ‘मोस्ट भ्यालुएबल सर्भिसेस अवार्ड’ यो वर्ष नेपालीहरुको स्वामित्वमा रहेको दुई कम्पनीले हात पारेका छन्।

बिहीबार अपराह्न चुनमुनस्थित गोल्डकोस्ट होटलको ग्रान्ड बलरुम हलमा सम्पन्न उक्त अवार्डमा समारोहमा ‘लिङमा कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङ लिमिटेड’ र ‘सुनकोशी गोर्खा सेक्युरिटी’ले सो अवार्ड थापेका हुन।

अवार्ड लिनका लागि लिङमाका तर्फबाट कम्पनीका सिनियर निर्देशक चन्द्रका (माया) राई, प्रबन्ध निर्देशक कृष्ण राजभण्डारी केही कर्मचारीसहित पुगेका थिए भने सुनकोशीको तर्फबाट प्रमुख व्यवस्थापक संगिता राई र सञ्चालन व्यवस्थापक चन्द्र राई उपस्थित थिए।

लिङमालाई चुनौतीपूर्ण निर्माण योजना सम्पन्न गरेको, लामो समयदेखि बहुराष्ट्रिय मानिसहरुलाई रोजगारी दिएको, हङकङको समृद्धिको लागि योगदान दिए बापत उक्त अवार्ड प्रदान गरिएको हो भने सुनकोशीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुशल व्यवस्थापन, ग्राहकमैत्री गुणस्तरीय सेवा तथा रोजगारी सिर्जना गरेबापत अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

अवार्ड प्राप्त गरेपछि निर्देशक राई भावुक हुँदै स्र्गीय श्रीमान्को सपना पुरा भएको बताइन्। ‘यतिखेर म स्वर्गीय पतिलाई मिस गरिरहेको छु, उहाँले दुःख गरी स्थापना गरेको कम्पनीले अवार्ड हात पारेको छ, उहाँको सपना पुरा भएको छ’, नेपालखबरसँग कुरा गर्दै उनले भनिन्, ‘कामको मूल्यांकन हुँदा केही राम्रै काम गरिएछ भन्ने सन्तुष्टि मिलेको छ। यसको श्रेय कम्पनी कार्यरत सबै तह र तप्काका कर्मचारी कामदारहरुलाई दिन चाहन्छु।’

प्रबन्ध निर्देशक कृष्ण राजभण्डारी अवार्ड प्राप्त गरेपछि निकै खुसी र उत्साहित देखिन्थे। उनले नेपालखबरलाई भने, ‘हाम्रो कम्पनीले धेरै अवार्डहरु जित्दै आएको छ तर यो भने विशेष हो। यतिखेर मैले साझेदारी स्वर्गीय मित्र कृष्ण बहादुर लिङखालाई सम्झिरहेको छु, सायद यो अवार्ड, यो खुसी उहाँले हामीलाई स्वर्गबाट हेरिरहनु भएको होला।’ उनले अवार्ड कम्पनी प्रतिष्ठा बढाउनुका साथै आफूहरुको आत्मबल समेत बढाएको बताए। नेपालीले सञ्चालन गरेको संस्थाले अवार्ड पाउनु सम्पूर्ण नेपालीहरुकै लाखि खुशीको कुरा भएको उनको भनाइ थियो।

कुनै समय लिङमा कम्पनीमा ८ सय कामदारले काग गर्थे भने अहिले यो कम्पनीमा ३५० जना कार्यरत छन्। लिङमा कम्पनी कृष्णबहादुर लिङखाले सन् १९९८ मा स्थापना गरेका थिए। उनको सन् २०१४ मा निधन भएको हो। सुनकोशी गोर्खा सेक्युरिटी कम्पनी पनि सन १९९८ तेज राईले स्थापना गरेका हुन्। यो कम्पनीमा अहिले १५० सेक्युरिटी गार्डहरु कार्यरत रहेको प्रमुख व्यवस्थापक संगिताले नेपालखबरलाई बताइन्

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .