धरान हङकङ मञ्चकाे अध्यक्षमा नारद राई

धरान हङकङ मञ्चकाे अध्यक्षमा नारद राई

मगेन्द्र राई
भदौ २, २०७६ सोमबार १२:९,

धरान हङकङ मञ्चको १० औं अधिवेशनले नारद राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

आईतबार जोर्डनस्थित चुम लुङ हिममा सम्पन्न अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचीव, सह सचीव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः नारद राई, बिजय कुमार राई, संजोक राई, ताराध्वज लिम्बू, भुपेन्द्र राज शर्मा तथा बीर बहादुर मगरलाई चयन गरेको हो।

यस्तै सदस्यहरुमा प्रदिप राई, दिलमाया लिम्बु, सन्दीप थापामगर रहेका छन्।

बाँकी चार सदस्यहरु नवनियुक्त कार्यसमितिको प्रथम बैठकले नियुक्त गर्ने जानकारी दिइएको छ। कार्यसमितिको पदावधी २ बर्षको हुनेछ।

सन् १९९९ सालमा स्थापना भएको मञ्चले धरानको भौतिक विकाशको लागि भानुचौकमा घण्टाघर, धरान फुटबल रंगशालाको प्रमुख प्रवेशद्वार, रंगशाला भित्र स्मारक निर्माण गरिदिएको छ।

‘पूर्वको रानी’ तथा ‘लाहुरेको शहर’ आदि उपनामले ख्याती कमाएको नेपालको धरानबाट हङकङमा बसोबास गर्नेहरु २५ सयको हाराहारीमा रहेको मञ्चका पूर्व अध्यक्ष किसन राईले बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .