एनआरएनए हङकङमा दोस्रो पटक टीका गुरुङ अध्यक्षमा विजयी

एनआरएनए हङकङमा दोस्रो पटक टीका गुरुङ अध्यक्षमा विजयी

मगेन्द्र राई
साउन १२, २०७६ आइतबार १६:१३,

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको सातौं अधिवेशनले टीका (राधिका) गुरुङलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको छ।

आइतबार इण्डीया क्लबमा सम्पन्न चुनावमा टीकाले प्रतिद्वन्दी निरन्जन गुरुङलाई अध्यक्षमा फराकिलो मतले पराजित गरेकी हुन्। कुल ९५५ मतदातामध्ये ४३८ ले मतदान गरेकामा टीकाले २७५ मत र निरन्जनले १६२ मत प्राप्त गरेका थिए।

tika2

टीका ११३ मतको अन्तरले विजयी भएकी हुन्।

अध्यक्षबाहेक अन्य सबै पदाधिकारी निर्बिरोध चयन भएका छन्। जसअनुसार उपाध्यक्षमा किसन राई र कर्म गुरुङ, महासचिवमा गोकर्ण प्रसाद ढकाल, सचिवमा डिल्लिराम विश्वकर्मा तथा कोषाध्यक्षमा सन्तोष कुमार गुरुङ छन्। महिला संयोजक अनु राई, युवा संयोजक प्रेम लामा तथा सदस्यहरुमा विजय कुमार गुरुङ, अर्जुन गौचन र अरविन सिंह निर्विरोध चयन भएका हुन्।

tika3

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त हङकङ अधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .