‘कर्मभूमि हङकङमा लफडामा फस्नुभन्दा रोजिरोटीमा ध्यान दिनु’

‘कर्मभूमि हङकङमा लफडामा फस्नुभन्दा रोजिरोटीमा ध्यान दिनु’

मगेन्द्र राई
साउन ११, २०७६ शनिबार ७:६,

हङकङमा सुपुर्दगी विधेयकविरुद्ध भइरहेको प्रदर्शनबाट उत्पन्न संकटबाट नेपाली समुदाय कसरी सुरक्षित हुने भन्ने विषयमा महावाणिज्य दूतावासले छलफल सुरु गरेको छ।

महावाणिज्य दूतावास हङकङले शुक्रबार चिम सा सुईस्थित आफ्नै कार्यलयमा एक छलफल कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा हङकङमा सक्रिय रहेका सामाजिक संघ सस्था, राजनीतिक, धार्मिक क्षेत्रीय, जातीय संस्थाहरुका साथमा दूतावासका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउँदै महावाणिज्यदूत कमलप्रसाद भट्टराईले उपस्थित सबैको राय सुझाब संकलन गरेक थिए।

स्थानीय चिनियाँ सञ्चार माध्यम र सामाजिक सञ्जालमा छाइरहेको अफवाहबाट जोगिँदै नेपाली समुदायमा सकेसम्म तटस्थ रहनुपर्ने निष्कर्ष निकालिएको थियो।

नेपालले समेत असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त र एक चीन नीति लिएको हुँदा विकशित आन्दोलनमा तटस्थ रहनु नै नेपालीहरुको हित हुन सक्ने निष्कर्ष निकालिएको हो। जसअनुसार अनावश्यक टीका टिपणी, विभिन्न भिडियो, फोटो, आन्दोलनका फेसबुक लाईभ आदि सकेसम्म नगर्ने, सम्भावित प्रदर्शन क्षेत्रमा नजाने, सेतो वा कालो टिसर्ट सकेसम्म नलगाउने, ठुलो समूह तथा जथ्था बनाएर नहिँड्ने, कसैले गल्ती गरेमा सम्झाउने, संघ सस्थामा आबद्द नेतृत्व पंक्तिकाहरुले आफ्ना मातहतकालाई सम्झाउने, परिचय पत्र साथमै बोकेर हिँड्ने, लेनन वालहरुमा धेरै चासो नदेखाउने, आन्दोलनको पक्ष बिपक्षमा सकेसम्म नलाग्ने जस्ता विषयमा सर्वसम्मत निष्कर्ष निकालिएको बताएको छ।

hk nepal

कार्यक्रमको बिटमा मार्दै भट्टराईले भने, ‘नेपालीहरुको लागि कर्मभूमिको रुपमा रहेको हङकङमा विभिन्न लफडामा फस्नुभन्दा आफ्नो रोजिरोटीतर्फ ध्यन दिँदा समुदायको हित हुने भएकोले सबैलाई सतर्कता अपनाउन आग्रह गर्दछु।’
छलफल कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार सामग्री समेत बितरण गरिएको थियो।

शुक्रबार आन्दोलनकारीहरुले अन्तर्राष्ट्रिय विमान स्थलमा प्रदर्शन गरेका थियो भने शनिबार युनलङमा विशाल प्रदर्शन हुने भएको छ।

हिंसात्मक दंगा भड्किने आशंकामा प्रहरीले अनुमति नदिए पनि आन्दोलनकारीहरुले प्रदर्शन गर्ने भएका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .