हङकङमा राईलाई ‘चिफ एजिक्युटिभ’ सम्मान

हङकङमा राईलाई ‘चिफ एजिक्युटिभ’ सम्मान

नेपालखबर
हङकङ, असोज १७

हङकङमा २० वर्षदेखि पत्रकारिता गर्दै आएका किसन राईलाई हङकङ सरकारले ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस’ सम्मान दिएको छ।

चीनको नेशनल डेको अवसरमा अक्टोबर १ मा सार्वजनिक सम्मानित हुनेहरूको सूचीमा नेपाली समुदायबाट किसन राई रहेका छन्।

प्राय हरेक वर्ष नेपाली समुदायबाट एक जनाले पाउँदै आएको यो सम्मान यसपाली राईले पाएका हुन्। यसअघि १३ जना नेपालीले यो सम्मान पाइसकेका छन्।

राई हङकङबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका एभरेष्टका प्रकाशक सम्पादक हुन्। पत्रकारितासँगै उनी लामो समयदेखि नेपाली समुदायका सक्रिय अभियन्ता पनि हुन्। हाल नेपाल आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष र एनआरएनए हङकङको उपाध्यक्ष रहेका राई दर्जनौं संघसंस्थामा आवद्ध छन्।

यो वर्ष हङकङ सरकारले ६८७ जनालाई सम्मान गरेकोमा राईसहित १९५ जनाले ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस’ सम्मान पाएका हुन्।

यसअघि नेपाली समुदायबाट यो सम्मान पाउनेहरू अधिकांश सरकार समर्थक पार्टी डीएबीका सदस्य हुन्। तर राई स्थानीय कुनै पाटींमा संलग्न नभएर पत्रकारिता र सामाजिक अभियानमा सक्रिय छन्।

यसपाली सरकारी सम्मान पाउने स्थानीय चिनियाँहरू भने मुख्यगरी हङकङमा भएको लोकतान्त्रिक आन्दोलन दबाउन भूमिका खेल्ने प्रहरी, सुराकी र राजनीतिक कार्यकर्ता रहेको भन्दै आलोचना भएको छ।

 

असोज १७, २०७७, शुक्रबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor
Binu Subedi

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .