रामकृष्ण बान्तवाको ‘कोभिड-१९ ले सिकाइदियो’ गीत सार्वजनिक (भिडियोसहित)

रामकृष्ण बान्तवाको ‘कोभिड-१९ ले सिकाइदियो’ गीत सार्वजनिक (भिडियोसहित)

मगेन्द्र राई
जेठ ६, २०७७ मंगलबार ११:५३,

लामो समयदेखि हङकङलाई कर्मथलो बनाइरहेका सर्जक रामकृष्ण बान्तावाकाे रचनामा ‘कोभिड-१९ ले सिकाइदियो’ गीति भिडियो सार्वजनिक भएको छ।

सर्जक बान्तावा निकै लामो समयपछि पुनः झुल्किएका हुन्। कोरोना भाइरसले विश्वलाई नै आक्रान्त तुल्याइरहेको सन्दर्भमा यसबाट बच्न तथा बचाउन सन्देश दिने गीतसहित उनी सांगीतिक फाँटमा फेरि देखापरेका हुन्।

यस म्युजिक भिडियोमा विभिन्न फुटेज समायोजन गरेर निर्माण गरिएको हो। गीतमा महेश शिल्पकार, शुरेस चन्द र सीएल शर्माको आवाज छ भने संगीत सीएल शर्माकै छ।

गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् भने भिडियोको छायांकन र सम्पादन वीरेन्द्र धामीले गरेका हुन्। म्युजिक भिडियो हङकङवासी महेश शिल्पकारले आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

यसभन्दा अघि गीतकार बान्तावाले आभा, धुवाँ र आवाज गीति संग्रहमार्फत २ दर्जन गीत बजारमा ल्याई सकेका छन्। आभा मुकारुङको स्वरमा ‘कता हिँडेको’ गीत लामो समयसम्म हिट लिस्टमा परेको थियो।

एक दशकपछि गीत लेखनमा फर्किएका बान्तावालाई नेपालखबरले ‘निकै लामो समयपछि कम–ब्याक हुनु भो नि, के कारण हो भनेर जिज्ञासा राखेको थियो। त्यसमा उनले ‘आफू फुलटाइमर’ गीतकार नभएको र आत्मसन्तुष्टिका लागि मात्र लेख्ने भएका कारण बीचमा धेरै समय हराउन पुगेको बताए।

‘तर यसबीच विश्वव्यापी कोरोना महामारीले विश्वभर जुन विषम परिस्थिति सिर्जना गरेको छ, त्यसबारे मेरी श्रीमतीले लेख्न आग्रह गरिन्,’ गीतकार बान्तवाले नेपालखबरसँग भने, ‘तसर्थ यो गीत लेखेर थोरै भए पनि स्रोता/दर्शकमा सकारात्मक सोच एवं आत्मबल भर्ने प्रयास गरेको हुँ।’

सन् १९८८ बाट लेखन क्षेत्रमा प्रवेश गरेका बान्तावाले आधा दर्जनभन्दा बढी कृति प्रकाशन गरिसकेका छन्। अंग्रेजी भाषामा समेत अनुवाद भएको उनको उपन्यास ‘सघन तुवाँलो’ले एकताका निकै चर्चा बटुलेको थियो। गत वर्ष मात्रै उनले ‘आमालाई चिठी’ कृति बजारमा ल्याएका छन्। 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .