ad ad

कला


टीएमसी सांसद अभिनेत्री मिमी चक्रवर्तीले ममता बनर्जीलाई बुझाइन् राजीनामा (भिडिओ)

टीएमसी सांसद अभिनेत्री मिमी चक्रवर्तीले ममता बनर्जीलाई बुझाइन् राजीनामा (भिडिओ)

नेपालखबर
फागुन ३, २०८० बिहिबार २०:८, काठमाडौँ

भारतस्थित पश्चिम बंगालकी तृणमूल कांग्रेस (टीएमसी) की लोकसभा सांसद मिमी चक्रवर्तीले पार्टी नेतृ ममता बेनर्जीलाई राजीनामा बुझाएकी छन्। 

जादवपुरकी सांसद तथा अभिनेत्री मिमी चक्रवर्तीले बिहीबार विधानसभामा मुख्यमन्त्री ममता बनर्जीलाई भेटेर राजीनामा बुझाएकी हुन्।

उनले भनिन्, ‘म राजनीति गर्न होइन, कार्यकर्ता भएर काम गर्न आएकी हुँ।’

मिमीका अनुसार ममताले अहिलेसम्म आफ्नो राजीनामा स्वीकृत गरेकी छैनन् र स्वीकृत भएपछि राजीनामा लोकसभा अध्यक्षलाई पठाइनेछ। 

उनले भनिन्, ‘मैले मुख्यमन्त्रीसँग कुरा गरेको छु र बाँकी कुराको जिम्मा उहाँले नै लिने आश्वासन दिनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .