कला


अभिनेत्री श्वेताले आफूमाथि कुटपिट गरेको भन्दै सुष्मा कार्की पुगिन् प्रहरी शरणमा

अभिनेत्री श्वेताले आफूमाथि कुटपिट गरेको भन्दै  सुष्मा कार्की पुगिन् प्रहरी शरणमा

नेपालखबर
माघ २०, २०७७ मंगलबार १०:२४,

अभिनेत्री सुष्मा कार्कीले आफूमाथि अर्की अभिनेत्री श्वेता खड्काले कुटपिट र गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।

अभिनेत्री कार्कीले सोमबार साँझ दरबारमार्गस्थित लण्डन पब क्याफेमा आफूमाथि अभिनेत्री खड्कासँगै उनका पति विजयेन्द्र सिंह, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट तथा गालीगलौज गरेको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन्।

दरबारमार्गका डीएसपी रामेश्वर पौडेलले अभिनेत्री कार्कीले सोमबार साँझ आफूमाथि कुटपिट भएको भन्दै उजुरी दिएको बताए। उनले छलफलका लागि अर्को पक्षलाई पनि बोलाएको जानकारी दिए।

‘सोमबार साँझ आफूमाथि कुटपिट भएको भन्दै अभिनेत्री सुष्मा कार्कीले उजुरी दिनुभएको छ’, नेपालखबरसँग डीएसपी पौडेलले भने, ‘हामीले अर्को पक्षलाई पनि छलफलमा बोलाएका छौँ, दुवै पक्षसँग छलफल गरेपछि सत्यतथ्य थाहा हुन्छ।’

अभिनेत्री कार्कीले श्वेताले गालीगलौज गरेको र उनकी बहिनी आरतीले कुटपिट गरेको आफूसँग प्रमाण सुरक्षित रहेको बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .