ad ad

कला


बिराज भट्टकाे चलचित्रलाई डाेटीकाे जोरायल गाउँपालिकाले दियो १० लाख!

बिराज भट्टकाे चलचित्रलाई डाेटीकाे जोरायल गाउँपालिकाले दियो १० लाख!

नेपालखबर
असार ३, २०७६ मंगलबार १०:३९,

डोटीको जोरायल गाउँपालिकाले नेपाली चलचित्र निर्माणका लागि १० लाख दिने निर्णय गरेको छ।

चर्चित डोटेली नायक बिराज भट्टको चलचित्र ‘साङ्लो’ निर्माणका लागि १० लाख दिने भएको हो। गाउँपालिकाको जेठ २७ गते बसेको गाउँसभाले नायक भट्टको चलचित्रका लागि रकम दिने निर्णय गरेको गाउँपालिका स्रोतले जनाएको छ।

गाउँपालिकाको निर्णय सार्वजनिक भएसँगै स्थानीय भने अचम्मित भएका छन्। ‘जनताको गास काटेर संकलन भएको कर विकास निर्माणमा लगाउने कि, कुनै व्यक्तिले निर्माण गर्न लागेको चलचित्रलाई दिने?’ एक स्थानीले आक्रोस पोखे।

गाउँपालिकाको सो निर्णयप्रति सामाजिक सञ्जालमा समेत चर्को विरोध भएको छ। स्थानीय प्रशान्त वलीले आफ्नो फेसवुकमा लेखेका छन् ‘गाउँपालिकाले चलचित्र निर्माणका लागि १० लाख दिने निर्णय गर्नु जनताको पसिनामाथिको मनोमानी हो। जनतालाई खानेपानीको सुविधा छैन, गतिला विद्यालय छैनन्, सडक छैन, कैयौँ जनता सिटामोल समेत किनेर खाने हैसियतका छैनन्, त्यो रकम त्यस्ता लक्षित वर्गहरुकालागि खर्च गर्न सकिँदैन थियो?’

जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भने जोरायल क्षेत्रमै चलचित्रको सुटिङ हुने भएकाले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हुँदा सहयोग गरिएको दाबी गरे।

श्रोतका अनुसार अध्यक्ष ओझाको समेत चलचित्र साङलोमा अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .