ad ad

कला


‘द भ्वाइस अफ नेपाल’बाट कोचहरु सनुप र अभया ‘आउट’

‘द भ्वाइस अफ नेपाल’बाट कोचहरु सनुप र अभया ‘आउट’

नेपालखबर
असार ३, २०७६ मंगलबार ९:५२,

गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ’द भ्वाइस अफ नेपाल’को दोस्रो सिजन आउँदो केही दिनमै सुरु हुँदै छ।

दोस्रो सिजन नजिकिनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुई नयाँ कोच रहने जानकरी गराएको छ। दोस्रो सिजनमा दुई नयाँ र दुई पुराना कोच रहने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । द भ्वाइस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोस्रो सिजनबाट हटाईएका हुन्।

पहिलो सिजनका बाँकी दुई निर्णायक वरिष्ठ गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन्। यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ। त्यस्तै रक गायिका अभया सुब्बाको स्थानमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ। केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन्। पप ब्यान्ड मंगोलियन हार्टका भोकलिस्ट लामा अहिलेको पुस्ता माँझ पनि उत्तिकै परिचित छन्। उमेरले ४० वर्ष पुगेका राजु विगत अढाई दशकदेखि नेपालीमा सक्रिय छन् ।

voice of nepal 2

अर्की कोच आस्था पनि एक दशकदेखि गायनमा सक्रिय छिन्। संगीतिक घरनाकी आस्थाका बुबा हरिबहादुर राउत अग्रज लोकगायक हुन् । उनले एक दशक अघि सालको पात टपरी गाँसेर गीतको रिमिक्स भर्सनमार्फत गायन यात्रा सुरु गरेकी हुन्। त्यस्तै आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर पनि गरिएको छ।

आगामी साउनको पहिलो साताबाट भ्वाइस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रसारण हुँदै छ। दोस्रो सिजनमा द भ्वाइस अफ नेपाललाई टाइटल स्पोन्सरको रुपमा युनाइटेड सिमेन्टले साथ दिएको छ। साथै, सहप्रायोजकको रुपमा एनआइसी एसिया बैंक र आइएनजी ग्रुप रहेका छन्। यसैगरी भोटिङ्ग तथा पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ ।

कार्यक्रम निर्देशकको रुपमा अघिल्लो सिजनमा झैँ लक्ष्मण पौडेल रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .