ad ad

कला


राजेश हमालले ‘प्रेम गीत ३’ खेल्ने कुरा हल्ला मात्र

राजेश हमालले ‘प्रेम गीत ३’ खेल्ने कुरा हल्ला मात्र

नेपालखबर
असार २, २०७६ सोमबार १४:१६,

माहानायक राजेश हमालले ‘प्रेम गीत ३’ मा अभिनय गर्ने कुरा हल्ला सावित भएको छ।

यसअघि हमालले फिल्ममा नायक प्रदीप खड्काको पिताको भूमिका निर्वाह गर्ने समाचार बाहिर आएको थियो। हमालले आफ्नो ब्यस्तताका कारण फिल्म नगर्ने मेसेज निर्माता सन्तोष सेनलाई दिएको स्रोतले बतायो।

फिल्ममा हमाललाई राजाको भूमिकामा अफर गरिएको थियो। पटक–पटक यस विषयमा निर्माण पक्ष र हमालबीच छलफल पनि भएको थियो।

हमाललाई फिल्मको स्क्रिप्ट सुनाइएको थियो।उनले आफूले सेडुल हेरेर यसबारे जानकारी दिने बताएका थिए।

तर, एकाएक मिडियामा उनले फिल्म खेल्ने कुरा बाहिर आयो। लगत्तै हमालले आफूले फिल्म नखेल्ने जानकारी निर्माण पक्षलाई गराए।

हमालले फिल्म नखेल्ने भएपछि निर्माण पक्ष नयाँ कलाकारको खोजीमा जुटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .