ad ad

कला


यी सुन्दरी बनिन् ‘मिस इन्डिया २०१९’

यी सुन्दरी बनिन् ‘मिस इन्डिया २०१९’

नेपालखबर
असार १, २०७६ आइतबार ९:७,

राजस्थानकी सुमन रावले ‘मिस इन्डिया २०१९’को ताज पहिरिएकी छन्।

मुम्बईको सरदार वल्लभभाइ इन्डोर स्टेडियममा भएको विशेष समारोहमा उनी ताज आफ्नो नाममा दर्ता गर्न सफल भइन्। उनलाई ‘मिस इन्डिया २०१८’की विजेता अनुकृत वासले ताज पहिराइदिइन्।

फस्र्ट रनर अफको उपाधी भने छत्तिसगढकी शिवानी जाधव भइन्। २० वर्षीया सुमनले थाइल्याण्डमा हुने ‘मिस वल्र्ड २०१९’मा भारतको प्रतिनिधित्व गर्नेछिन्। ताज पहिरिएपछि उनले भनेकी छन्, ‘जब तपाईं जीवनमा एउटा विशेष लक्ष्य समर्पित गर्नुुहुन्छ तब तपाईंको शरीरको नसा–नसा तपाईंको जितका लागि काम गर्न सुरु गर्छ।’

कार्यक्रममा कोरियोग्राफर रेमो डिसुजा, अभिनेत्री हुमा कुरैशी, चित्रांगदा सिंहलगायतको उपस्थित थियो। कार्यक्रममा कटरिना कैफ, विक्की कौशल र मोनी रायले आफ्नो नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .