गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ।
सार्वजनिक ‘जिन्दगी खास भयो’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। गीतको शब्द रचना भने मुक्त उदासले गरेका हुन्।
शान थापा निर्दे्शित भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन्। भिडियोमा उनीहरुको प्रेमभावलाई देखाइएको छ। रजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्।
रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन्।
जेठ ३१, २०७६ शुक्रबार १२:१५
प्रतिक्रिया