ad ad

कला


रेखा थापाको प्रश्न : राप्रपा वयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो?

रेखा थापाको प्रश्न : राप्रपा वयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो?

नेपालखबर
असार ५, २०७८ शनिबार १२:१९,

राप्रपाको केन्द्रीय विशेष समितमा महिला र युवाको प्रतिनिधित्व हुन नसकेको भन्दै अभिनेत्री रेखा थापाले असन्तुष्टि जनाएकी छन्।

 राप्रपाकी केन्द्रीय सदस्यसमेत रहेकी थापाले 'कुन चाँही राप्रपा नाम मात्रको पार्टी हो? कुन चाँही व्यवहारमा- बयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो? कुन राप्रपा हामी सबैको हो?', भन्दै प्रश्न गरेकी छन्।

राप्रपाको नवगठित केन्द्रीय समितिबारे असन्तुष्टिका स्वर आइरहेका बेला थापाले यस्तो बताएकी हुन्।

थापाले नेतृत्वप्रति प्रश्न गर्दै भनेकी छन्, : 'त्यो राप्रपा जो महिलालाई बहिष्करणको नमुना देखाउँछ, मजदुर, किसान, श्रमिक र युवासँग डराउँछ, विरासतको रुपमा राजनीतिलाई कोठे बनाउँछ, बहसमा उत्रिदैन- सम्झौतावादी राजनीति गर्छ, अवैज्ञानीक रुपमा पार्टी सन्चालन गर्छ, आत्मसुरक्षा भन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रीय मान्छे लत्याउने र आर्थिक हैषियतमा निर्णय गर्दछ।'

'कुन चाँही राप्रपा वैकल्पिक शक्ति बन्ने हो र कुन चाँही राप्रपा मौलिक रुपमा सबैको पार्टी हो?', भन्दै उनले सोधेकी छन्।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .