ad ad

कला


कलाकार निशालाई राष्ट्रिय संगीतकर्मी संघको आर्थिक सहयोग

कलाकार निशालाई राष्ट्रिय संगीतकर्मी संघको आर्थिक सहयोग

नेपालखबर
असार ३, २०७८ बिहिबार १४:४३,

राष्ट्रिय संगीतकर्मी संघ नेपालले कलाकार निशा घिमिरेलाई सहयोग कार्य सुरु गरेको छ। संघले बिहीबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेर आर्थिक सहयोग प्रदान गरेको छ।

संघका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिव विक्रम जंग शाहसहित सरिता भारती, दीपेन्द्र तिमिल्सिनालगायतका कलाकारले निशाका बुबा प्रेमप्रसाद घिमिरेलाई आर्थिक सहयोग प्रदान गरेको छ।

संघको बिपत व्यबस्थापन समितिका संयोजक समेत रहेका संघका महासचिव शाहले निशा घिमिरे सो संघकी सदस्य रहेको बताए। सोही कारण निशाको उपचारको खर्च संकलनका लागि आफूहरुले पहल सुरु गरेको शाहले बताएका छन्। संघले आफ्नो सदस्यहरुलाई आपत पर्दा बिगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको पनि शाहले जानकारी गराए।

निशालाई आर्थिक सहयोग गर्न समिति नै गठन गरिएको जानकारी गराउँदै महासचिव शाहले भने, ‘४ हजार भन्दा बढी सदस्य रहेको हाम्रो संघको ७४ जिल्लामा शाखा रहेको छ। ती शाखाहरुबाट के कती सकिन्छ, निशाको उपचार र उपचारको क्रममा बिगतमा परिवारलाई परेको ऋणभारलाई कम गर्न पनि हामीले आर्थिक सँकलन पहल सुरु गरेका हौं।’

यसै गरी दुई वर्षअघि पनि निशालाई आफूहरुले ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरेको पनि शाहले स्मरण गराए।

निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन, सहयोगको अपिल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .