उनले आत्महत्या गरेको एक वर्ष पुग्दै लाग्दा उनको जीवनमा आधारित चलचित्र बनेर रिलिजको क्रममा रहेको छ।
बीबीसीहिन्दीका अनुसार चलचित्र ‘न्यायः द जस्टि’ भोलि शुक्रबार रिलिज हुँदैछ।
तर चलचित्र रिलिज हुन अगाडि सुशान्तका पिता कृष्ण किशोर सिंहले आफ्नो छोराको नाम जोडेर बनाइएको चलचित्र रिलिज हुनु हुँदैन भनेर अदालतमा मुद्दा दायर गरेका थिए।
यद्यपी दिल्लीको उच्च अदालतले सो चलचित्र रोक लगाउन परेको रिटलाई खारेज गरेको छ। न्यायाधिष संजीव नरुलाले सुशान्तको पिताको रिटलाई खारेज गरेका हुन्।
सिंहको वकिलका अनुसार निर्माताले आर्थिक लाभको लागि यो चलचित्र निर्माण गरेका हुन्। उनीहरुले दुई करोड भारु क्षतिपूर्तिसमेत माग गरेका थिए।
अदालतले रिट खारेज गरेसँगै यो चलचित्र रिलिज हुने भएको छ।
3
Shares
प्रतिक्रिया