तर पछिल्लो समय भने उनी विवादमा पनि पर्ने गरेकी छिन्। त्यसको कारण हो उनी सामाजिक संजालमा भड्किलो अभिव्यक्ति दिन्छिन्।
उनले अमेरिकी गायिका रिहानलाई बेश्याको संज्ञा दिएकी थिइन् भने सन्जय दत्तलाई गँजेडी भनेकी थिइन्।
यतिबेला राजनीतिक विषयमा विवादस्पद अभिव्यक्ति दिएकै कारण कंगनाको ट्विटर अकाउन्ट सँधैको लागि बन्द भएको छ।
हालै पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा ममता बनर्जीको पार्टी त्रिणमूल काँग्रेसले भाजपालाई पराजित गरेको थियो।
सो विषयमा बनर्जीलाई ‘दानव महिला’को संज्ञा दिएपछि कंगनाको ट्विट हिंसा भड्काउने किसिमको भएको भन्दै अकाउन्ट बन्द गरिएको हो।
सो ट्विटमा कंगनाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने महान व्यक्ति भनेका थिए। मोदीले विराट रुप देखाएर बनर्जीलाई तह लगाउनुपर्ने उनको भनाइ थियो।
‘ट्विटरले केवल मेरो विचार प्रमाणित गरेको छ कि उनीहरु अमेरिकीहरू हुन् र गोरा व्यक्तिले खैरो छाला भएका मानिसलाई दास सम्झन्छन्’ कंगनाले आफ्नो ट्विटर अकाउन्ट सँधैको लागि बन्द गरिएको विषयमा प्रतिक्रिया जनाउँदै अमेरिकी तथा गोराले भारतीयको विचार नियन्त्रण गर्न खोजेको भन्दै भनेकी छिन्,‘भाग्यवश मसँग धेरै माध्यम छन् मेरो कला सिनेमामार्फत् म आवाज उठाउन सक्छु।’
Shares
प्रतिक्रिया