ad ad

कला


अर्थर गन अर्थात् दिवेश पोखरेल फेरि पुगे अमेरिकन आइडलको टप सेभेनमा

अर्थर गन अर्थात् दिवेश पोखरेल फेरि पुगे अमेरिकन आइडलको टप सेभेनमा

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ८:३१,

लगातार दोस्रो सिजन दिवेश अमेरिकन आइडलको टप सेभेनमा पुगेका हुन्। यसअघि गतवर्षको १८ औं सिजनमा दिवेश अमेरिकन आइडलको उपविजेता नै बनेका थिए।

यसपटक आइडलकै आग्रहमा दिवेश फेरि सो गायन प्रतिस्पर्धामा सहभागी भएका हुन्।

कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिने अभिप्रायका साथ यस सिजनमा पनि स्थान दिएको थियो।

१० प्रतिस्पर्धीले टप १० मा पुग्न प्रतिस्पर्धा गर्दा दिवेश भोटको आधारमा टप टेन पुगेका थिए।

दिवेश पोखरेल यो प्रतिस्पर्धामा खरो उत्रँदै फेरि टप ७ मा पुगेका हुन्। उनले आइतबार अमेरिकन आइडलमा ‘रिमेम्बर मी’ भन्ने गीत गाएका थिए। जसको तीनै जजले खुलेर तारिफ गरे।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .