विश्वकै सबै भन्दा कम शब्दको छोटो गीतको रेकर्ड नेपाली गीतकार डा. डीआर उपाध्यायले राखेका छन्।
उनले जम्मा १८ शब्दको गीत रेकर्ड गराएर यो विश्व रेकर्ड बनाएका हुन्।
१८ शब्दको गीत यस्तो प्रकारको छ।
‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउनु तिमी।’
यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वर्ल्ड रेकर्डमा सूचिकृत भएको छ। नेपाली गीत संगीतमा डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित सर्वधिक विश्व रेकर्ड कायम गरिसकेका छन्।
गीतकार डा. उपाध्यायले विभिन्न ५१ विधामा विश्व कर्तिमानी कायम गरिसकेका हुन्। उनको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’को लिरिकल भिडिओ सार्वजनिक गरिएको छ।
सागर अधिकारी ‘शरद’को स्वर र संगीतमा रहेको गीतमा देवेन्द्र नेवाःको संगीत संयोजन रहेको छ।
Shares
प्रतिक्रिया