प्रवासमा पनि नेपाली गीत संगीतमा सक्रिय गीतकार केशव बैरागी ‘माइलो’को शब्द सिर्जनामा ‘पल पलमा’ गीतको भिडिओ सार्वजनिक भएको छ।
गीतमा गायक विकास लिम्बु र गायिका ममता गुरुङको स्वर रहेको छ। संगीतकार विकास चौधरीको संगीतमा गीत तयार गरिएको छ।
आकर्षक रुपमा तयार पारिएको भिडिओमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ।
इलामको रमणीय स्थानमा छायांकन गरिएको भिडिओ भएको कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउनेमा आफू निकै आशावादी रहेको गीतकार केशव बैरागी माइलोले बताए।
पछिल्लो समयमा संगीतमा फरक पन ल्याउने र एक अलग धारको संगीत सिर्जना भएको कारणले पनि गीतले सफलता पाउनेमा आफू निकै आशावादी रहेको संगीतकार चौधरीले बताए।
विक्रम डिसीको छायाँकन, वीरबहादुर थारुको सम्पादन, ज्ञानु सुब्बाको कोरियोग्राफी तथा उषा मलाहा सिम्रनको निर्देशन छ।
द मानस क्रियसन मार्फत सार्वजनिक पल पलमा गीतको भिडिओमा आवृति कोइरोला र रेमन कटुवालको अभिनय रहेको छ।
प्रतिक्रिया