ad ad

कला


अर्थर गनले अमेरिकन आइडलमा दिए दमदार प्रस्तुती, तीनै जजले उठेर ताली बजाए (भिडिओ)

अर्थर गनले अमेरिकन आइडलमा दिए दमदार प्रस्तुती, तीनै जजले उठेर ताली बजाए (भिडिओ)

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ६:२१,

शीर्ष १० मा पुग्नका लागि दिवेशले सोमबार राति अमेरिकन आइडलमा प्रस्तुती दिएका हुन्। उनले रक ब्यान्ड गो गो डल्सको ‘इरिस’ बोलको गीत गाएका थिए।

उनको प्रस्तुतीसँगै तीनै जजहरु उठेर उनको लागि तालि बजाएका थिए। दिवेशको गायकीको प्रशंसा गर्दै उनीहरुले दिवेश स्टार कलाकार भएको बताएका थिए।

दिवेश पोखरेल गतवर्ष नै सम्पन्न भएको अमेरिकन आइडलका चर्चित प्रतिस्पर्धी हुन्।

अमेरिकन आइडलमा फर्स्ट रनरअप भइसकेका उनी नयाँ सिजनको अमेरिकन आइडलमा पनि प्रतिस्पर्धीका रुपमा किन सहभागी हुन पुगे?

यो प्रश्न हरेकको मनमा उब्जेको हुनुपर्छ।

बिलबोर्ड वेबसाइटका अनुसार कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिने अभिप्रायका साथ यस सिजनमा पनि स्थान दिएको हो।

(भिडिओ)

गत सिजनका दश जनामध्ये एक जना भोटको आधारमा यस सिजनको टप १० मा एकैपटक प्रवेश गर्नेछन्।

गतवर्ष प्रतिस्पर्धामा दोस्रो भएको उनले यसपटक यो उपाधि जित्ने लक्ष्य लिएका छन्। दिवेशले आफ्नो फेसबुक पेजमा आफू अमेरिकन आइडलमा सहभागी भएको भन्दै भोट मागेका छन्।

सोमबारको प्रस्तुतीसँगै उनलाई हामीले ६ दिन अर्थात् २६ अप्रिलसम्म भोग गर्नसक्छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .