ad ad

कला


कोरोना प्रकोपका बेला मजदुरको नायक बनेका सोनु सुदलाई कोभिड संक्रमण

कोरोना प्रकोपका बेला मजदुरको नायक बनेका सोनु सुदलाई कोभिड संक्रमण

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ६:५३,

गत शनिबार सोनुलाई कोरोनाको संक्रमण भएको उनले आफ्नो ट्विटरमा जानकारी दिएका छन्।

सोनुलाई कोरोनाको संक्रमण भएको खबरसँगै उनका हजारौं समर्थकले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

कोरोना प्रकोपका बेला सोनुले मजदुरहरुलाई खाना, बास र घर जान सवारी साधनको व्यवस्था गरेका थिए।

त्यति मात्र नभएर उनको समाजसेवाले देशव्यापी रुप लियो। हाल चरम गरिबीमा रहेका मानिसलाई उनले तत्काल सहयोग गर्ने गरेका छन्।

मानिसहरुले भारतका सच्चा नायक सोनु सुद चाँडै कोरोनामुक्त भएर दुखीहरुको सेवामा पुनः लाग्ने बताइरहेका छन्।

हालै सोनु सुदको समाजसेवाको प्रशंसा गर्दै स्पाइसजेट विमानमा सोनुको तस्बिर टाँसेर उनलाई धन्यवाद भनिएको थियो।

SpiceJet dedicates aircraft livery to actor Sonu Sood | The News Minute

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .