ad ad

कला


प्रकृति सम्पदाको ‘माया साँचेको’ मा बेनिशा (भिडिओ)

प्रकृति सम्पदाको ‘माया साँचेको’ मा बेनिशा (भिडिओ)

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १३:१७,

गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएकोे छ।

फिल्म निर्देशक साकार पन्तको निर्देशनमा बनेको भिडिओको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हाँस्य अभिनेता सन्तोष पन्तले प्रिमियर गरेका हुन्।

पन्त फिल्म प्रोडक्शनको प्रस्तुति रहेको भिडिओमा अभिनेत्री बेनीशा हमाल फिचर छिन्। अमर रोकाको शब्द र संगीत रहेको भिडिओ रोमन मानन्धरले खिचेका हुन्। रबि सायमी डिओपी रहेको भिडिओमा ड्रोन सुरेश काफ्लेले अपरेट गरेका छन्।

कार्यक्रममा निर्देशक साकारले भिडिओ सुन्दर बनाउन आफ्नो पूरै टिम खटिएको र गीतको भावअनुरुप लोकेशन छनौट गर्न धेरै मिहिनेत गरेको बताए। वरिष्ठ अभिनेता पन्तले आफूलाई गीतसँगै भिडिओ र लोकेशन निकै मन परेको बताए।

गायिका प्रकृतिले शब्दको सारअनुसार आफूले गाएको र सोहीअनुरुप भिडिओ निर्माण भएकोमा खुशी ब्यक्त गरिन्। उनले आफू व्यावसायिक गायिका भइनसकेको भए पनि दर्शक, स्रोताको प्रेरणाले गायनमा अघि बढ्न हौसला मिलेको बताइन्।

अभिनेत्री बेनीशाले एउटै परिवारको सदस्यझै भएर मिहिनेतका साथ काम गरेको सुनाइन्। हाइलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वज निक गरिएको भिडिओ धम्पुस आसपास खिचिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .