ad ad

कला


एलिशालाई पुष्पले ‘झुम्का’ किनिदिने (भिडियो)


नेपालखबर
जेठ ३० ,

गायक सुमन केसी र गायिका विद्या तिवारीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक ‘झुम्का’ बोलको गीतमा पुष्प खड्का र एलिशा शर्मा फिचर छन्। गीत तथा भिडियोमा एक प्रेमिकाले प्रेमीसँग गरेको माग र त्यसलाई पूरा गर्न प्रेमीले दिएको वाचालाई देखाइएको छ।

सार्वजनिक उक्त गीतमा वसन्त सापकोटाको संगीत रहेको छ भने शब्द अम्बिका गौतमले लेखेकी हुन् । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वत रसाइलीले मिक्सिङ गरेका छन्।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ। अर्जुन तिवारी डिओपी रहेको भिडियोमा मनोज पौडेलको छायांकन तथा सुरेश काफ्लेको ड्रोन उडाएका छन्। भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

जेठ ३०, २०७६ बिहिबार ९:१६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .