भर्खरै मात्र सार्वजनिक भएको नयाँ गीत ‘जानी नजानी’ को म्युजिक भिडियोले चर्चा बटुल्दै आएको छ।
गायिका मिलन नेवारको आवाजमा रहेको गीतमा शब्द लुनिभा श्रेष्ठको रहेको छ भने संगित सुनिल मास्केको रहेको छ। उक्त गीतको संगीत व्यवस्थापन सञ्जिव बराईलीले गरेका छन् भने मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन्।
म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको राम्रो अभिनय रहेको छ जसले दर्शक–श्रोताहरूलाई पुरै गीतमा बाँधेर राख्न सफल भएको छ।
ओ एस आर डिजिटलको आधिकारीक य़ुट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ।

प्रतिक्रिया