कला


पल घलेको शब्द र मेलिनाको स्वरमा आयो ‘तिमीविना बाँच्नु कसरी?’

पल घलेको शब्द र मेलिनाको स्वरमा आयो ‘तिमीविना बाँच्नु कसरी?’

नेपालखबर
जेठ ६, २०८३ बुधबार १३:३, काठमाडौँ

पल घले प्रस्तुतकर्ता रहेको गीत ‘तिमीविना बाँच्नु कसरी?’ सार्वजनिक भएको छ। पल घले युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा चर्चित गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ।

घलेकै शब्द र संगीत रहेको गीतमा वाङच्यु फ्युवाको संगीत संयोजन रहेको छ। फ्युवाले नै गीतमा मिक्सिङ/मास्टरिङ गरेका हुन्।

जोन किराती निर्देशनमा बनेको गीतको भिडिओमा एक विवाहित जोडीको दु:खान्त विछोड र वियोगलाई प्रस्तुत गरिएको छ। भिडिओमा जुना गुरुङ, आनन्द गुरुङ र टासी गुरुङको अभिनय रहेको छ।

डिका गुरुङले खिँचेको भिडिओको सम्पादन र कलरिङ पनि निर्देशक किरातीनै गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad