आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘काजी’को दोस्रो पोस्टर सार्वजनिक भएको छ। आइतबार निर्माण टिमले दोस्रो पोस्टर सार्वजनिक गरेको छ।
सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको प्रेमिल भावमा देखिएका छन्। उनीहरू एक अर्काको अँगालो हालिरहेको अवस्थामा प्रस्तुत छन्, जसले फिल्मको कथा गहिरो प्रेम, सम्बन्ध र जीवनका संघर्षहरूमा केन्द्रित रहेको संकेत दिन्छ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमा लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। निर्माण टिमका अनुसार सिनेमा एक भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्ने प्रयास गर्नेछ।
फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ।
रिजाल एन्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा प्रदीप भारद्धाजको लेखेका हुन्। चिन्तन राजभण्डारीले छायांकन गरेको फिल्मका कार्यकारी निर्माता असिम काफ्ले हुन्। नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले देशभर रिलिज गर्नेछ।
Shares

प्रतिक्रिया